साताको अन्तिम दिन पनि नेप्सेमा हरियाली, कारोबार १५ अर्बमाथि

काठमाडाैं - नयाँ सरकार आएसँगै निरन्तर बढिरहेको शेयर बजार साताको अन्तिम कारोबार दिन पनि उल्लेखनीय वृद्धि गर्दै बन्द भएको छ। नेप्से सूचकांक करिब ६० अङ्कले बढेर २४२४ बिन्दुमा पुगेको छ। 

आज १५ अर्ब ५४ करोडको कारोबार भएको छ। अधिकांश उपसूचकहरूमा हरियाली छाए तापनि फाइनान्स र जलविद्युत उपसूचक भने घटेका छन्। ३१२ कम्पनीहरूको शेयर किनबेच भएकोमा ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। 

शेयर बजार मैत्री मौद्रिक नीति र नयाँ अर्थमन्त्रीको लोकप्रियताका कारण लगानीकर्ताको मनोबल उच्च रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय