बुङ्गल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई पनि शेयर दिने प्रक्रिया सुरु गरेको हो।
कम्पनीले ८३ करोड रुपैयाँ बराबरको जारी पूँजी मध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीयवासी, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ।
अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गर्दैछ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सकिनेछ।
आईपीओको आवेदन अवधि छिट्टैमा भदौ १९ गते बन्द हुनेछ भने ढिलाइमा भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।