देशभर आंशिक बदली, वर्षाको सम्भावना


काठमाडौँ – हाल  देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानमा तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
 

प्रतिक्रिया