केहि समयको अन्तरालपछि शेयर बजारमा हरियाली,के बजारले लय समाएकै हो ?

 काठमाण्डौ । लामो समयको पेनिक सेल पछि आज नेप्सेमा हरियाली देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३।८३ अंकले बढेर २७१२।०७ विन्दुमा पुगेको छ । नेप्से ०।५१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक २।३६ अंकले बढेर ५०८।६२ विन्दुमा पुगेको छ ।

कूल २२३ वटा कम्पनीको एक करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, मंगलबार अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९।९९ प्रतिशतले बढेको छ । यता एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य भने सबैभन्दा धेरै घटेको छ ।

प्रतिक्रिया