काठमाडौँ । विगत लामो समयदेखि पत्रकारीता र कलाकारीतासँगै अगाडी बढाइरहेकी गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ भर्खर मात्र सार्वजनिक भएको छ।
श्री ईश्वरी प्रोडक्शन नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको उक्त गीतमा अभिनेता आर्यन सिग्देल, सुजल बम र मोनिका बोहोराको अभिनय रहेको छ। गीतको म्युजिक भिडियोमा गायिका बरालको पनि अभिनय र नृत्य देख्न सकिन्छ। यस अघि पनि बरालका केही गीतहरु सार्वजनिक भइसकेका छन । पछिल्लो गीतमार्फत दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको बरालले हामीलाई जानकारी दिनु भयो ।
शब्द ,संगीत र एरेन्ज विपिन आचार्यको रहेको उक्त गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। खानदानी छोरी, नरिसाउन होइलगायत चर्चित गीतमा स्वर भरेकी बराल गायनसँगै पत्रकारितामा पनि सक्रिय छन्।
उक्त गीतको निर्देशन मुस्कान ढकालले गरेका हुन भने छायांकन नवराज उप्रेतीले गरेका हुन्।