लगातार घटेको सुनको मूल्य, एक्कासी उकालो लाग्यो

काठमाडौं - केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आ ज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया