मंसिर लागेसँगै घन्कियो पञ्चेबाजा उड्ने चिलैले - भिडियो सहित

काठमाण्डौ । मंसिरलाई धेरैले विहेको लगनको महिनाको रुपमा हेर्ने गरेका छन । यो महिनामा युवायुवतीहरु विवाह बन्धमा बाँधिने महिना पनि हो । यहि महिनालाई लक्षीत गरेर कलाकारहरुले पञ्चेवाजाका गीतहरु सार्वजनिक गर्ने गरेका छन । 

यसै विच नयाँ उड्ने चिलैले भर्खर मात्र सार्वजनिक भएको छ । सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको गीतले माया प्रेमलाई विषय बनाएको छ । गोविन्द चापागाँइ र रुपा वडको आवाज रहेको गीतलाई रुपा वडले शब्द सिर्जना गरेकी हुन भने एलपी पुनले संगीत संयोजन गरेका छन । 

गीतको म्युुजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतमा रामजी खाँण र रुविना अधिकारीको अभिनय रहेको छ । गीतलाई होम गुरुङले निर्देशन गरेका छन । 

 

प्रतिक्रिया