काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचकमा व्यापक उतारचढाव आएको छ । आज ट्रेडर्स हावी हुँदा नेप्सेमा व्यापक दबाब देखिएको छ ।
आईतबार नेप्से परिसूचक २१ अङ्कले घटेर समग्र बजार २०८८ को विन्दुमा पुगेको छ । आज ७ अर्ब ११ करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै कारोबार भएको छ भने १२ कम्पनीको सकारात्मक सर्किट लागेको छ भने ३ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा घटेको छ ।
आइतबार दिनभरको बजार हेर्दा समग्रमा बजार केही अस्थिर पनि देखियो । मध्यान्हसम्म क्रेता र बिक्रेताबीच मूल्यमा उच्च बार्गेनिङ भएको देखियो । यसअघि बढेको बजारबाट नाफा बुक गर्नेहरु र बजार प्रवेश गरेर आफ्नो अवस्था मजबुत बनाउन चाहनेहरुबीच प्रतिस्पर्धा चलेको देखिन्थ्यो । बजारले सकारात्मक लय समाउँदै जाँदा यस्ता परिदृश्यहरु देख्न सकिन्छ । फाइदा भएकाहरुले नाफा बुक गर्छन् भने त्यही बेला नयाँ प्रवेश गर्न चाहनेहरु पनि उत्तिकै हुन्छन् । यसले गर्दा बजारमा क्रेता र बिक्रेताबीच प्रतिस्पर्धा चल्छ । अन्तिममा एउटा पक्ष केही हावी भएर बजार बन्द हुने गर्छ । आइतबार पनि अन्तिममा बिक्रेता पक्ष बढी हावी भएको हो । .