प्रकाशको "बिजुली तार"ले सामाजिक सञ्जालमा दियो "झड्का

काठमाडाैं - यसो त नेपाली गीत संगीतमा दैनिक जसो धेरै गीतहरू सार्वजनिक हुने क्रम रोकिएको छैन। विगतमा भन्दा केही कमी आए पनि हप्तामा सयौं गीत सार्वजनिक भइरहेका छन्। 

सार्वजनिक भएका धेरै गीतमध्ये केही गीतहरू मात्रै सामाजिक सञ्जालहरूमा व्यापक चर्चामा आउने गर्छन् भने दर्शक श्रोताको पनि सोही अनुसारको माया पाउने गर्छन् । 

दर्शकले मन पराउने पछिल्ला समयका गीतहरू हुन् मौलिक गीत । यस्तै एउटा मौलिक गीत दर्शकले धेरै नक्कल गरेका छन्। गीत हो बिजुली तार। लोकप्रिय सर्जक शिव अखेलीले गीतलाई शब्द कोरेका छन्। उनी टिपिकल शब्द बुनेर गीत बनाउनमा माहिर मानिन्छन्। अखेलीका अधिकांश गीतहरू मौलिक शब्दमा बुनिएका हुन्छन् ।

उनले बुनेका शब्दलाई उस्तै मिल्दो लय पनि भरेका छन् । गीतलाई पछिल्लो समयका उदयमान र चर्चित गायक प्रकाश पराजुली र लोकप्रिय गायिका रिना केसीले आवाज दिएका छन्। 

गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरै दर्शकहरुले मन पराएका छन् भने गीतको म्युजिक भिडियोलाई पाका र अनुभवी निर्देशक कुमार केसीले निर्देशन गरेका छन्। गीतमा लोमस शर्मा र अस्मिता रणपाल छमछमी नाचेको देख्न सकिन्छ।

 

 

प्रतिक्रिया