आशा लघुवित्तको लाभाशं घोषणा,लगानीकर्ताले बोनस शेयर पाउने

काठमाण्डौ । विभिन्न कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको आम्दानीबाट लगानीकर्ताहरुलाइ बोनस घोषणा गरिरहेका छन । यसो त पुस अगाडीनै यो काम गर्नु पर्ने भए पनि कति कम्पनीहरुले अहिले मात्र त्यस्तो निर्णय गर्दै छन  । 

यसैबीच आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


लघुवित्तले २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१।०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया