भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

काठमाडौँ — भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणसम्बन्धी जानकारी दिँदै एक विज्ञप्ति सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले त्यसबारे प्रतिक्रिया जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेस भारत र पाकिस्तानबीचको नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा भएको भारतीय सैन्य कारबाहीप्रति गम्भीर चिन्तित रहेको बताएका छन्।

प्रवक्ता डुजारिकले भने, “महासचिवले भारत र पाकिस्तान दुवै पक्षलाई उच्चतम सैन्य संयमता अपनाउन आग्रह गरेका छन्। विश्वले दुई परमाणु शक्तिहरूबीचको सैन्य टकराव सहन सक्दैन।”

यसअघि, मे ५ मा गुटेरेसले सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै भारत र पाकिस्तानबीचको हालको तनाव विगत धेरै वर्षयताकै उच्च बिन्दुमा रहेको बताएका थिए। उनले अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा पनि गरेका थिए।

प्रतिक्रिया