घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौं - सुनको भाउ बुधबार तोलाको ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय रसिया र युक्रेनबीच भएको युद्धको प्रभावले विश्व बजारमा नै सुन–चाँदीको भाउमा तीब्र उतारचढाव आएको छ ।

प्रतिक्रिया