नेप्से सामान्य अंकले बढ्दा,कारोबार रकम भने स्थिर

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ३.३५ अंकले बढेको छ। यसअघि आइतबार ११.६६ अंकले उक्लिएको नेप्सेले सोमबार ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ। यो दिन २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर कारोबार भएको नेप्सेले सामान्य वृद्धि दर्ज गरेको हो।

सोमबार बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक अन्य समूहका शेयरमा गिरावट देखिएको छ। कारोबार भएका कम्पनीहरूमध्ये ९२ वटाको शेयर मूल्य बढेको छ भने १४३ वटाको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन नआएको छ।

सोमबारको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर धनीले सबैभन्दा बढी नाफा कमाएका छन् भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर धनीले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

प्रतिक्रिया