सोमबारको उछालपछि मंगलबार नेप्से ३२ अंकले घट्यो

काठमाडौं । सोमबार तीव्र उछाल देखिएको शेयर बजार मंगलबार भने घटेको छ। लगातार तीन पटक सकारात्मक सर्किट लागेर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ३२.०८ अंकले घट्दै २८४३.३५ विन्दुमा बन्द भएको हो।

बजार घटे पनि कारोबार रकम भने उच्च रहेको छ। मंगलबार कुल २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। दिनभरको कारोबारमा ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। Reliance Spinning Mills Ltd., Salapa Bikas Bank Ltd. र Three Star Hydropower Ltd. को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज Himstar Urja Company Ltd. का लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा भने Ngadi Group Power Ltd. अग्रस्थानमा रहेको छ। यस कम्पनीको मात्रै एक अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया