हिमालयन र इन्भेष्टमेन्ट बैंकका शेयर धनीलाई आयो खुसीको खबर

काठमाण्डौ । विगत एक वर्षदेखि रोक्का रहेको हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अब भने खुल्ला हुने भएको छ । लामो समयदेखि शेयर कारोबार रोकिएको प्रति लागनीकर्ताहरुले चासो व्यक्त गर्दै आएका थिए । 

कम्पनीको सर्वसाधारण तर्फको शेयर खुल्ला गर्ने निर्णय बैंकहरुले गरे पनि त्यो अझ सम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । शेयर कारोबार खुलाउनका लागि राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेख्नुपर्ने हुन्छ ।

यी बैंक एक आपसमा मर्जरमा जाने भनेपछि लामो समयदेखि दोस्रो बजारमा कारोबार रोकिएको छ । यद्यपी कम्पनीको शेयर खरिद बिक्री खुल्ला गर्न नेपाल राष्ट बैंकबाट पत्र गइसकको उच्च स्रोतको भनाइ छ । 


मर्जर प्रक्रिया तोडेको आरोपमा नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भष्टमेन्ट बैंकलाई कारबाही गरेको छ । सैद्धान्तिक सहमति पाएपछि उचित कारणबिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले ती बैंकलाई कारबाही गरेको हो । कारबाहीस्वरुप आधारभूत सेयरधनीको लाभांश र दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले यथाशीघ्र अरू कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपर्ने र हिमालयन बैंकका सञ्चालकहरूलाई स्पष्टीकरणलगायत कारबाही राष्ट्र बैंकले जनाएको छ ।

आपसमा गाभिन राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको करिब ९ महिनापछि यी बैंकको मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि प्रक्रिया बीचमै टुटेको हो ।

प्रतिक्रिया