धितोपत्र बोर्डमा तीन दर्जन कम्पनी लाइनमा,हुलास फिनसर्भले पनि आईपीओ निष्कासन गर्ने

काठमान्डौ - हुलास फिनसर्भ हायर पर्चेजले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत साधारण शेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले यस कार्यका लागि एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यसका लागि एनएमबि क्यापिटलले आवश्यक प्रक्रिया व्यवस्थापन गर्नेछ।

आइतबार आयोजित एक कार्यक्रममा, हुलास फिनसर्भका अध्यक्ष शेखर गोल्छा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कम्पनीका अध्यक्ष गोल्छाले नियामक निकायले तोकेको सम्पूर्ण प्रक्रिया पूरा गरेर यथासम्भव छिटो आईपीओ निष्कासन प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृत गैर-बैंकिङ वित्तीय संस्था हो, जसले २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवाप्र दान गर्दै आएको छ।

 

प्रतिक्रिया