साना डिजिटल कारोबार निशुल्क बनाउन छलफलमा प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा अतिरिक्त शुल्क नलाग्ने बताउँदै सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको जानकारी गराएका छन्। 

जाजरकोटका एक व्यक्तिले सामाजिक सञ्जालमार्फत साना डिजिटल कारोबारमा अतिरिक्त शुल्कका कारण भएको समस्याबारे गुनासो गरेपछि उनले यस विषयमा निशुल्क गर्ने उपाय खोज्न सरकार सक्रिय रहेको स्पष्ट पारे।

साना डिजिटल कारोबारलाई निशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गरिरहेको छु। तपाईँहरूले यस्ता समस्याहरू सरकारलाई जानकारी गराइराख्नुस्। सरकारले जनताका गुनासाहरूको समाधान गर्दै अघि बढ्नेछ, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।


 

प्रतिक्रिया