कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ । Kalinchowk Hydropower Limited को आईपीओ आज जेठ ८ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको सर्वसाधारणलाई जारी गरिएको १३ लाख ७५ हजार कित्ता शेयर तथा संस्थापक समूहको ४१ लाख २५ हजार कित्ता शेयर गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Nepal Stock Exchange ले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यही मूल्य सीमाभित्र पहिलो कारोबार भएपछि कम्पनीको शेयर नियमित बजारमा कारोबार हुनेछ ।

नेप्सेका अनुसार कम्पनीको शेयर आगामी सोमबार जेठ ११ गते स्पेशल प्रि–ओपन सेसनमार्फत पहिलो कारोबारमा आउनेछ ।

कम्पनीलाई नेप्सेले “KHPL” स्टक टिकर प्रदान गरेको छ ।

प्रतिक्रिया