काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ। कारोबार सकिँदा नेप्से सूचक ०.१४ अंकले घटेर स्थिरजस्तै देखिएको हो। लगातार ६ दिनको उकालोपछि सोमबार बजारमा करेक्सन देखिएको थियो भने मंगलबार बजार स्थायित्वमै सीमित रह्यो।
बजारमा सामान्य गिरावट आउँदा पनि ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच भएको छ। मंगलबार ३०४ कम्पनीको कारोबारमा ५६ हजार २७६ पटक शेयर किनबेच भएको रेकर्ड गरिएको छ।
१३३ कम्पनीका शेयर मूल्यमा वृद्धि देखिएको छ भने ११५ कम्पनीका शेयर मूल्य घटेका छन्। कुनै पनि कम्पनीको मूल्य स्थिर भने देखिएको छैन।
कुल १३ समूहमध्ये ७ समूहमा वृद्धि देखिएको छ भने ६ समूहमा गिरावट आएको छ। फाइनान्स समूह सबैभन्दा बढी १.२५ प्रतिशतले बढ्दा लघुवित्त समूहको सूचक सामान्य ०.०७ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा बढी अन्य समूह ०.७७ प्रतिशतले घटेको छ भने जीवन बीमा समूह ०.७१ अंकले (०.०० प्रतिशत) घटेको देखिएको छ।