विकास बैंक र फाइनान्समा पनि व्याजमा भद्र सहमति, यस्तो छ नयाँ व्याजदर


काठमाडौं– वाणिज्य बैंकहरुको ब्याजका विषयमा विभिन्न तर्क वितर्क भइरहेका वेला विकास बैंकहरुले ब्याजमा भद्र सहमती गरेका छन् । विकास बैंकर्स संघले क्षेत्रीय स्तरको र राष्ट्रिय स्तरको विकास बैंकहरुलाई छुट्टाछुट्टै ब्याज निर्धारण गरेका छन्। तर सबैले एउटै ब्याज प्रकाशित गर्ने भएका हुन् । 
राष्ट्रिय स्तरका विकास बैंकले १०.२५ प्रतिशत ब्याज निर्धारण गर्ने भएका छन् भने क्षेत्रीयस्तरकाले १०.३० प्रतिशत निर्धारण गर्ने भएका छन् ।

फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी श्रेष्ठले ब्याज दर १०.३५ प्रतिशत राख्ने सहमति बनेको जानकारी दिए। अहिले १७ वटा फाइनानस कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया