मनकारी शान्ती,समाज सेवाको लागि ५० हजार सहयोग

काठमाडौं । लोक गायिका शान्तिश्री परियारले हालैको जेनजी आन्दोलनमा घाइते भएका युवाहरूको उपचार र दैनिक खर्चका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।

परियारले उक्त रकम सामाजिक अभियन्ता आशिका तामाङमार्फत उपलब्ध गराएकी हुन्। उनले फेसबुकमार्फत जानकारी दिँदै आफ्नो सानो सहयोगले घाइतेहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेकी छन्।

परियारले तामाङलाई सम्बोधन गर्दै, घाइतेका लागि दिनरात नभनी अस्पताल, घर र आश्रयस्थलसम्म पुगेर राहत पुर्‍याएको कार्यप्रति प्रशंसा गरेकी छन्। ‘जहाँ शरीरमा एक सरो लुगासम्म नभएका घाइतेलाई लुगा किनेर अस्पताल पुर्याउनु भएको छ, दाल–चामल र तेल बोकेर घरमै पुग्नु भएको छ, दुखेको घाउसँगै दुखेका मनको मलम बन्नु भएको छ,’ परियारले लेखेकी छन्।

आन्दोलनका क्रममा घाइते भएका दाजुभाइ र ज्यान गुमाएकामाथि गहिरो पीडा व्यक्त गर्दै उनले थोरै भए पनि साथ दिन पाएकोमा सन्तोष लागेको बताएकी छन्। उनले भनिन्, ‘कैयौँको आमा बन्नु भएको छ, दिदी बन्नु भएको छ। मेरो तर्फबाट नेपाली रुपैयाँ पचास हजार रुपैयाँ हजुरले सुरु गर्नुभएको पवित्र कर्ममा मिसाउन चाहेँ।’

गायिका परियार यसअघि पनि विभिन्न विपदका बेला सामाजिक कार्यमार्फत सहयोग गर्दै आएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय