काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको पुष्टि गरेका छन्।
सर्वोच्च अदालतको नाममा पठाइएको ‘फेक पत्र’का आधारमा बुधबार दिउँसो प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो। सो पत्र नक्कली भएको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति मार्फत जानकारी गराइसकेको छ।
नक्कली पत्र पठाउने कार्यमा संलग्न महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरिसकेको छ। सर्वोच्च अदालतले पुनः आधिकारिक पत्र पठाएर चौधरीलाई रिहा गर्न निर्देशन दिएपछि उनलाई साँझ रिहा गरिएको हो।