महिला लघुवित्तको ५० प्रतिशत बोनस पाउन थाहा पाउनै पर्ने कुरा

काठमाडाैँ - महिला लघुवित्तको बोनस पारित गर्न साधारण सभा बोलाइएको छ । 

कार्तिक २९ गते सञ्चालक समितिको बैठकले मंसिर २२ गतेको लागि सभा गर्ने निर्णय गरेको हो । 

सभा हिमालयन दृश्य रिसाेर्ट, धुलिखेल-३, काभ्रेमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया