काठमाण्डौ - नेपालीहरूको महान पर्व हरितालिका तीज नजिक नजिक आइरहेको छ । यसै बीच कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् ।
जापानमा रहेकी गायिक तथा सर्जक निशा क्षेत्रीले सिर्जना गरेको निकै मौलिक तीज गीत माइती देश भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत निकै मौलिक र उत्कृष्ठ रहेको छ । गीतमा चर्चित गायक विष्णु खत्री र रिना केसीको आवाज रहेको छ भने लय शब्द निशा कै रहेको छ ।
ममता अधिकारी र सुनम केसीको अभिनय रहेको गीतलाई होम गुरुङले निर्देशन गरेका छन् ।