काठमाडौं । नेपाली फिल्म उद्योगका रियल हिरो पल शाह पुनः दर्शकका सामु फरक अवतारमा आएका छन् । भारतमा बैंक लुटेको आरोपमा हातमा हथकडी लागेको दृश्यसहितको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाउँदा धेरैले वास्तविक घटना ठाने पनि, यो वास्तवमा भर्खरै सार्वजनिक गरिएको गीत ‘बेली चमेली’को दृश्य हो ।
भारतमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल मशकबिन स्टुडियोजको प्रस्तुति रहेको यस गीतमा संगीतकार राजेन्द्र बजगाईको शब्द र संगीत रहेको छ । गीतमा भारतकी चर्चित गायिका स्वाती भाटको दमदार स्वर र बिनोद ढकालको र्याप सुन्न सकिन्छ । मुम्बईका चर्चित संगीत संयोजक निशाद चन्द्राले संगीत संयोजन गरेका छन् भने मिक्स–मास्टरिङ्ग मनीभनन आनन्दनले गरेका हुन् ।
निर्माता सुरेश जोशीले प्रस्तुत गरेको यो भिडियोको निर्देशन तथा कोरियोग्राफी नेपालका ख्यातिप्राप्त निर्देशक कबिराज गहतराजले गरेका हुन् । गीतमा भारतकी लोकप्रिय अभिनेत्री तथा मोडल श्वेता महरा र नेपाली नायक पल शाहबीचको आकर्षक जोडीले भिडियोमा जीवन्तता भरेका छन् ।
निर्देशक गहतराजका अनुसार, यस भिडियोमा पल शाहलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा राज टाइगर, बिन्दु रसाइली, रेन्सीका खत्री र सुरक्षा तामाङको नृत्य र अभिनय पनि समावेश छ ।
संगीत भिडियोमा भारतका प्रसिद्ध हेयर स्टाइलिस्ट बिवेक कुमारले हेयर डिजाइन गरेका छन् भने मेकअप शन्तु तामाङ र सरोज पाण्डेले गरेका हुन् । कुशुम बुटिकले पोशाक तयार पारेको हो ।
गीतको छायांकन ख्यातिप्राप्त डिओपी सुदिप बराल एण्ड टीमले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले, कलर रेनिस फागोले र पोष्टर राकेश दहालले तयार पारेका हुन् । प्रोजेक्ट म्यानेजरमा वेद शर्मा र अमिशा सुयाल, प्रोडक्सनमा अर्जुन पोखरेल रहेका छन् ।
गीत ‘बेली चमेली’ हाल मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ ।