नेप्से मंगलबार २५.८८ अंकले उकालो लाग्यो,कारोबार रकममा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले वृद्धि भई ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको छ। आजको दिनमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ। शेयर बजार प्रि ओपन सेसनमा सामान्य वृद्धि देखाउँदै खुलेको थियो, र केही समयमै माथि उक्लिएको थियो। दिनभर उतारचढाव भए पनि बजार बन्द हुँदा नेप्सेले २५ अंकको वृद्धि कायम गर्‍यो।

आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ। ५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। कुल ३१४ कम्पनीको शेयर कारोबारमा सहभागीता रहेको थियो, र ५३ हजार ६७८ पटक शेयर किनबेच गरियो।

समूहगत हिसाबले हेर्दा, सबै १३ वटा समूहमा हरियाली छाएको छ। फाइनान्स समूह सबैभन्दा बढी ३.०३ प्रतिशतले बढेर ३२८४.३५ विन्दुमा पुगेको छ। म्युचुअल फण्ड समूह सबैभन्दा कम ०.२७ प्रतिशतले वृद्धि भई २१.१९ विन्दुमा पुगेको छ।

अन्य समूहहरूको प्रदर्शन पनि सकारात्मक देखिएको छ, जसमा वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५ प्रतिशतले, होटल तथा पर्यटन समूह ०.४४ प्रतिशतले, हाइड्रोपावर समूह १.४२ प्रतिशतले, लगानी समूह ०.९२ प्रतिशतले, जीवन बीमा ०.४९ प्रतिशतले, उत्पादन तथा प्रशोधन समूह २.१४ प्रतिशतले, लघुवित्त समूह ०.६६ प्रतिशतले, निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले, र ट्रेडिङ समूह ०.९० प्रतिशतले वृद्धि भएको छ।

 

प्रतिक्रिया