शेयर बजारमा निरन्तर हरियाली,कारोबार रकमको पनि दरो साथ 

sf7df08f} . z]o/ ahf/df lg/Gt/ xl/ofnL 5fPsf] 5 . cfh a'waf/ klg g]K;] a9]sf] 5 eg] sf/f]af/ /sdn] klg ;fy lbPsf] 5 . उक्त दिन बजार ७.३२ अंकले वृद्धि भएको हो । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १९३९.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ समूह २.६१ अंक, व्यापार समूह २२.९७ अंक र निर्जीवन बीमा समूह १.६२ अंकले घटेको छ । यी बाहेकका अन्य समूहहरु हरियाली बनेका छन् ।

बुधवार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर कारोबार भएको छ । उक्त दिन शिवम सिमेन्टसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्ट ७ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ५ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आज रिदी पावर कम्पनीको ५ करोड १९ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया