काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार चैतको दोस्रो सातासम्म मात्रै गठन हुने सम्भावना देखिएको छ। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सबै प्रक्रिया चैतको पहिलो साताभित्र पूरा गर्ने तयारी गरेपछि सरकार गठन प्रक्रिया त्यसपछि मात्रै अघि बढ्ने भएको हो।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना र अन्य प्रशासनिक कामहरू चैतको पहिलो सातासम्ममा सकिनेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारलाई प्रमाणपत्र वितरणसहितका सबै काम सो अवधिभित्र पूरा हुने जानकारी दिए।
उनका अनुसार समानुपातिकतर्फको मतगणना मंगलबारसम्म सम्पन्न हुने अनुमान गरिएको छ। त्यसपछि दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा बन्दसूचीबाट चयन हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिनेछ। दलहरूबाट प्राप्त नामलाई क्लस्टरअनुसार जाँच गरी अन्तिम रूपमा निर्वाचित सदस्यहरूको सूची तयार पारेर प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।
यसअघि प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरूलाई भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रमाणपत्र वितरण भइसकेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले स्पष्ट अग्रता कायम गरेको छ।
पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितिसकेको छ। नेपाली कांग्रेसले १७ सिट, नेकपा एमालेले ८ सिट, नेकपा माओवादी केन्द्रले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र स्वतन्त्र उम्मेदवारले २ सिट जितेका छन्। हालसम्म १६३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
प्रत्यक्षतर्फको उपलब्ध परिणाम र समानुपातिक सिट जोड्दा रास्वपाले बहुमतको सरकार गठन गर्ने सम्भावना बलियो देखिएको छ। प्रतिनिधिसभामा सरकार बनाउन कम्तीमा १३८ सिट आवश्यक पर्ने भएकाले रास्वपा एकल बहुमत नजिक पुगेको मानिएको छ। यससँगै आगामी पाँच वर्ष रास्वपा नेतृत्वमा सरकार बन्ने सम्भावना प्रबल देखिएको