• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

मञ्जुश्री फाइनान्सको बम्पर बोनस

काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ । 

फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया