साउन महिनाको तेस्रो दिनपनि सुनचाँदीको मूल्य ओरालो, कति पुग्यो तोलामा

काठमाडौंं - मंगलबार सुनचाँदीको मूल्य घटेको छ । साउन ३ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको मूल्य बढोत्तरी भएको थियो । सो दिन सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको थियो ।

साउन महिनाको तेश्रो दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार यस दिन चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार १६० रुपैयाँमा झरेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य वृद्धि भएको थियो । हिजो चाँदी प्रतितोला पाँच रुपैयाँले नै उकालो लाग्दा एक हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया