अन्तर्राष्ट्रिय प्रभावले घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा दुवै धातुको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ र चाँदी सात हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

यसअघि बिहीबार सुनको मूल्य तीन लाख ३९ हजार तीन सय रुपैयाँ र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँ रहेको थियो। त्यस्तै, बुधबार सुन तीन लाख १८ हजार आठ सय रुपैयाँ र चाँदी सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँ र चाँदी छ हजार आठ सय सत्तरी रुपैयाँ कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया