विष्णु पौडेलको आगमनसंगै ११६ अंकले बढ्यो नेप्से,लगानीकर्ता उत्साहित

काठमाडौं - शेयर बजारले सकारात्मक रुपमा लिए अर्थमन्त्री विष्णु पौडेलको आगमन सँगै दुई दिनमै शेयर बजार ११६.७३ अंकको वृद्धि कायम गरेसँगै बढेर सेन्चुरी मारेको हो।

दुई दिनमा सूचक मात्रै बढेन लगानीकर्ताको सम्पत्तिको मूल्य समेत एक खर्ब ६८ अर्ब रुपैयाँले बढ्यो। किनकि गत बिहीबार २७ खर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण मंगलबार बढेर एकाएक २८ खर्ब ६८ अर्ब रुपैयाँमा उक्लियो।

हिजो नेप्से परिसूचक ५९ अंकले बढेर समग्र बजार १९८३ बिन्दुमा पुगेको छ । आईतबार समेत नेप्से ५६ अङ्क बन्द धेरैले बढेको थियो । 

आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा ३ अर्ब ८८ कोरोड माथिको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै कारोबार हुनेमा लक्ष्मी बैंक र नेपाल दूरसञ्चार कम्पनी अग्र स्थानमा रहेका छन् । उपसुचकमा समेत आज हरियाली भएको छ भने बीमा समूहको उपसुचक सबै भन्दा धेरैले बढेको छ । 

प्रतिक्रिया