काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन पनि ओरालो लागेको छ। आइतबारदेखि गिरावट सुरु भएको नेप्से बुधबारको कारोबारमा १४.८८ अंकले घटेर २६८२.१५ अंकमा पुगेको छ। सो दिन ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बुधबारको कारोबारमा १८३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। महिला लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरूले सबैभन्दा धेरै नाफा कमाए भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरूले सबैभन्दा धेरै घाटा व्यहोरे।
नेप्से घटेसँगै होटेल, म्यूचुअल फन्ड, र व्यापार उपसमूहबाहेक सबै उपसमूहका सूचकमा गिरावट आएको छ।