काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओली को राजीनामा मागेपछि बैठकमा तीव्र विवाद भएको स्रोतले जनाएको छ ।
बैठकमा पाँच उपाध्यक्षले धारणा राखेका थिए । तीमध्ये रामबहादुर थापा बाहेक अन्य चार उपाध्यक्षले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त ले पार्टी कमजोर बनेको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै ओलीले पद छाड्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा रामबहादुर थापा भने ओलीको पक्षमा उभिएका थिए ।
अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान दोहोर्याएका छन् । उनले केही नेताले विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाएका थिए ।