लाखौ परदेशीको मर्म र भावना बोकेको गीत " जानि बेलैमा " सार्बजनिक

काठमाडौँ । पछिल्लो समय आफ्नो निर्देशनमार्फत चर्चामा आएका युवा निर्देशक निशान बाँनीयाले नयाँ गीत ‘जानी बेलैमा’ निर्देशन गरेका छन्। उनको उत्कृष्ट निर्देशनमा तयार भएको यो गीत हालै सार्वजनिक गरिएको हो।

गीतको अडियो र भिडियो दुवै सशक्त बनेका छन्। यसमा विदेश जाने क्रममा नेपाली युवायुवतीले भोग्नुपर्ने भावनात्मक पीडा, विछोड र सम्झनालाई समेटिएको छ। गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्। गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ।

भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ।

गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको केही समयमै गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाएको छ। निर्देशक निशान बाँनीयाले यसअघि गरेका निर्देशनले नै उनलाई चर्चामा ल्याएको हो र यो गीतले उनलाई अझै उच्च स्थानमा पुर्‍याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया