काठमाडौं - बुधबार सेयर बजारमा निकै उतारचढाव देखियो र अन्त्यमा बन्द हुने बेलामा १२ अङ्कले घटेर बन्द भयो । यो सँगै समग्र बजार २१६३ विन्दुमा आएको छ ।
ट्रेडरहरू हावी हुँदा आजको सेयर बजार घटेर बन्द भएको कतिको बुझाइ छ । सेयर बजार घटे पनि कारोबार रकममा भने उल्लास कायमै छ। आज ९ अर्ब माथिको कारोबार भएको छ।
चार कम्पनीहरूको सेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा हिमालयन रिइन्सुरेन्सको सेयर सबैभन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ।
उपसमूह अन्तर्गत जीवन बीमा उपसमूह सबैभन्दा धेरै घटेको छ भने अन्यको उपसूचक सबैभन्दा धेरै बढेको छ। मङ्गलबार अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो।