लगातार ओरालो लागेको शेयर बजार सोमबार रोकियो,कारोबार रकम भने खुम्चिँदै

काठमाडौं । लगातार लगानीकर्ता निरास बनाई रहेको शेयर बजारले सोमबार भने केही राहत दिएको छ । विगत ६ दिनसम्म ओरालो लागेको शेयरबजारको यात्रामा सातको दोस्रो को दिन ब्रेक लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बन्द भएको छ । सोमबार २१४ कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १७ करोड ४४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा सुधार आएसँगै १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.२० प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४५ प्रतिशतले सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया