जापानमा रहेका गायक समुद्र पौडेल तीजमा आफ्नो मायालाई भेट्न पोखरा आउँदै

काठमाडौं । सुमधुर आवाजका गायक तथा सर्जक समुद्र पौडेल हाल कामको सिलसिलामा जापानमा रहेका छन्। जापानमा रहे पनि उनी निरन्तर रूपमा आफ्नो सांगीतिक उपस्थिति दिइरहेका छन्।

हरितालिका तीजको अवसर पारेर उनले नयाँ तीज गीत "लाइ माया" भर्खरै मात्र सार्वजनिक गरेका छन्। गीतमा समुद्रलाई ज्याला घिमिरे र पूर्णकला बिसीले साथ दिएकी छन्। गीतको सिर्जना पौडेल आफैंले गरेका हुन् भने संगीत संयोजन सुनिल परियाले गरेका छन्।

माया र प्रेमलाई विषयवस्तु बनाइएको यस गीतको म्युजिक भिडियो निर्देशन चित्र मास्कीले गरेका छन्, जसमा दीपाशा चडारा र आशिष ओलीले अभिनय गरेका छन्। गीतलाई समुद्र पौडेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया