काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर २३ गते परिपक्क हुनेछ ।
त्यसैगरी, रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भाेलि दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यसले तरलता अभाव केही सहज हुने अपेक्षा छ ।