एक दर्जन बढी लघुवित्तले लाभांश घोषणा गरे, कसको कति लाभांश सूची सहित

काठमाडौं–लघुवित्त संस्थाले पनि धमाधम लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी महिला लघुवित्तले सेयरधनीलाई लाभांश दिने भएको छ । महिला लघुवित्तले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश दिने भएको छ । 

त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाले २१.४८ प्रतिशत बोनस सेयर र ११३ प्रतिशत नगद गरी २२.६१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

 

स्वावलम्बन लघुवित्तले १९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने भएको छ । यता ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले २८ प्रतिशत बोसन सेयर दिने भएको छ । 

 

सबैको लघुवित्त वित्तीय संस्थाले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ । 

 

मेरो माइक्रोफाइनान्सले भने २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ । 

 

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले भने जम्मा ५.४१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साथै आशा लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भने ३२.३० प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश दिने भएको छ । 

 

यता लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद गरी २७.३६ प्रतिशत लाभांश दिने भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाले भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने भएको छ । 

 

गुँरास लघुवित्त वित्तीय संस्थाले १६.९१ प्रतिशत बोनस सेयर तथा ०.८९ प्रतिशत नगद गरी १७.९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १.०५ प्रतिशत नगद र २० प्रतिशत बोनस गरी २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । साधना लघुवित्त वित्तीय संस्थाले भने २५ प्रतिशत बोनस सेयर तथा १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश दिने भएको छ । फस्ट माइक्रोफाइनान्सले भने १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिने भएको छ । 

 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भने २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रतिक्रिया