काठमाडौं - बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति गरेको केही समयमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् ।
संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् ।
नेपाल बैकर्स संघले केही दिन अघि व्याज दर नबढाउने निर्णय गरेका थिए । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम आइतबार बैठक बसेको थियो । तीनवटै संघको बैठक पछि पुनः फाइनान्स संघ, विकास बैंक संघको बैठकले पनि व्याज दर नबढाउने निर्णय गरेको हो ।
‘व्याज दर बढाउँदा पनि निक्षेप खासै नबढेकाले व्याज दर नबढाउने र पुरानौ व्याज दरमा निरन्तता दिने निर्णय गरेका छौं ।’नेपाल फाइनान्स संघका अध्यक्ष एवम् गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए ।