काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ ।
प्रिमियममा एफपीओ निष्कासन लगायतको प्रस्तावसहित बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ । सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।