काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगले आइतबार ओलीको नाममा औपचारिक पत्राचार गर्दै घटनाबारे जानकारी लिन चाहेको जनाएको हो ।
आयोगका अनुसार यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकिएको छ । त्यसैगरी सुरक्षा निकायका प्रमुख, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायत आन्दोलनसँग सम्बन्धित विभिन्न निकायका अधिकारीहरूसँग पनि आयोगले सोधपुछ गरिसकेको छ ।
यद्यपि, तत्कालीन प्रधानमन्त्री ओलीले भने सार्वजनिक रूपमा आफू आयोगमा बयान दिन नजाने अभिव्यक्ति दिँदै आएका छन् । उनको यस अडानका कारण आयोगको आगामी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ ।