संक्रमित बढ्ने भन्दा घटनेको संख्या दोब्बर,यस्तो छ पछिल्लो अपडेट

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । 

पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो । 





प्रतिक्रिया