गायक थुमन शर्माको स्वर, शब्द र संगीतमा तयार पारिएको नयाँ गीत “कान्छी द लालुपाते” को अफिसियल भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियो गायक शर्माकै आधिकारिक युट्युब च्यानल ‘Thuman Sharma’ मार्फत सार्वजनिक भएको हो।
संगीत संयोजन र मिक्सिङ कुमार थापाले गरेका छन् भने कोरस गायनमा कुमार थापा र राम परियारको आवाज रहेको छ। बाँसुरीमा रत्न विक, सारंगीमा धर्म गन्धर्व, गिटार र म्यान्डोलिनमा विकास घतानीको योगदान रहेको छ। ब्याकग्राउन्ड स्कोर बिलन थापाले तयार पारेका हुन्।
लामो समयदेखि संगीत यात्रामा सक्रिय गायक शर्मा यस गीत र भिडियोप्रति निकै आशावादी देखिन्छन्। भिडियोको निर्देशन दिप गुरुङले गरेका छन् भने अभिनय तथा नृत्यमा कृस गुरुङ र लक्ष्मी गुरुङले सहभागी भई भिडियोको आकर्षण बढाएका छन्। भिडियोलाई विजय लामाले खिचेका हुन् भने सम्पादन विष्णु तिमल्सिनाले गरेका छन्। मेकअप हेमा गुरुङको रहेको छ।
गायक शर्माले सबै दर्शकलाई यो गीतको टिकटक भिडियो बनाउन, युट्युब च्यानल ‘Thuman Sharma’ लाई सब्स्क्राइब, शेयर र लाइक गरी साथ र समर्थन गर्न आग्रह गरेका छन्।