टोकियो । पर्वत समाज जापान र बलेवा सेवा समाज जापान को संयुक्त आयोजनामा संगीत दिवसको अवसर पारेर विशेष बार्बिक्यु कार्यक्रम आयोजना हुने भएको छ ।
संघसंस्थाबीच आपसी एकता, भाइचारा तथा सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा जापानमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रमलाई सफल, उत्साहपूर्ण तथा सम्झनायोग्य बनाउन जापानस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि हार्दिक आग्रह गरिएको छ । कार्यक्रममा भेटघाट, सद्भाव आदानप्रदान, मनोरञ्जन तथा स्वादिष्ट परिकारको व्यवस्था रहने जनाइएको छ ।
संस्थाका अध्यक्ष राम बास्तोला र सुरेन्द्र पौडेल “प्रेम” ले दुई संस्थाबीचको सम्बन्धलाई थप बलियो बनाउन कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।
पर्वत समाज जापान र बलेवा सेवा समाज जापानले यसअघि २०१६ सालमा पनि संयुक्त बार्बिक्यु कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रम आगामी जुन २१ तारिख आइतबार Sakuratsutsumi Park मा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।