• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

मेरो शेयरको समस्या समाधान भएन,शेयर बिक्री गरेकाहरु चिन्तामा

काठमाण्डौ - सोमबार दिउँसोदेखि देखिएको मेरो शेयरको समस्या अझै समाधान हुन सकेको छैन् । 

मेरो शेयरमा लगइन नहुने समस्याले गर्दा शेयर बिक्री गरेकाहरूले शेयर ट्रान्सफर गर्न समेत सकेका छैन । 

मेरो शेयरको समस्या समाधानमा नआएपछि सिडिएससीले आइपीओ भर्ने समय थप गर्ने तयारी गरेको छ । साथै शेयर ट्रान्सफर गर्दा लाग्ने समय समेत थप गर्ने तयारी रहेको छ । 

मेरो शेयरमा समस्या देखिएकोले सामाधानको प्रयास भइरहेका सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए। मेरो शेयरमा समस्या देखिएपछि आइपीओ भर्नको लागि केहि समय थप गरिने उनले बताए।

प्रतिक्रिया