मंसिर लाग्नै थाल्दा लोकप्रिय गायक विष्णु खत्रीको मौलिक पञ्चेबाजाको गीत " धौलागिरीको "

काठमाडौं - धौलागिरी मा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल लोकप्रिय गायक तथा सफल सर्जक बिस्णु खत्रीको नयाँ गीत धौलागिरीको भर्खर मात्र सार्वजनिक भएको छ । 

मौलिक, समधुर लय साथै शब्द सिर्जना गर्न खप्पिस गायक खत्रीको पछिल्लो पन्चेबाजाको गित धौलागिरीमा समेत उत्कृष्ट शब्द र लय सृजना गरिएको छ । यसअगाडि नै एक दर्जनभन्दा धेरै चर्चित पञ्चेबाजाका गितहरु सार्वजनिक गरिसकेका स्त्रीको यो गीतलाई पनि दर्शक श्रोताले अत्यधिक माया गर्ने अनुमान गर्न सकिन्छ । 

बिष्णु खत्री स्वयम् लय तथा शब्द सिर्जना रहेको गीतमा उनलाई आवाजमा गायीका जुना श्रीष मगरले साथ दिएकी छन् । गीतले दुई युवा युवती जीवनीको कथालाई विषय बनाएको छ । 

निकै मौलिक सो पञ्चेबाजाको गीतलाई उत्कृष्ट भिडियो सहित सर्वोत्कृष्ट बनाइएको छ । कुलबिर थापा र सिर्जना क्षेत्रीको अभिनय रहेको गीतमा हस्त जिसी र विष्णु खत्रीले निर्देशन गरेका छन् । 

 

प्रतिक्रिया