काठमाडौं - साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब दुई अङ्कले घटेर समग्र बजार २०६८.९० को विन्दुमा आएको छ ।
बजार झिनो अकंले ओरालो लागे पनि १२५ कम्पनीको सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर, ह्थावे इन्भेष्टमेन्ट, मनकामना इजिनिरिङसहित ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।