एनएमबी बैंक बन्यो एसियाकै उत्कृष्ट , ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड प्रदान


काठमाण्डौ–एनएमबी बैंक मुलुक भित्र नभएर एसियाकै उत्कृष्ट बैंकको सूचीमा दर्ज भएको छ । बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल भएको छ ।  बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दी बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो ।


चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धालाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।  एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैँमा एउटा ऐतिहासिक उपलब्धि हो।  योसँगै एनएमबि बैंकले ‘दि बैंक अफ दि इयर २०२१’ अवार्ड पनि जितेको छ। एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो। 
दि बैंकर म्यागजिनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटेलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो। 


बैंकका अध्यक्षले सञ्चालक मितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट समस्य बैंकिङ क्षेत्रका तर्फबाट ग्रहण गरेका छन्।
 उपाधिका लागि बैंकलाई बधाइ दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए।


सन् २००२ मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरुको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रुपमा मान्यता प्रदान गर्ने मानक रुपमा लिइन्छ । बैंकले उत्कृष्टको अवार्ड प्राप्त गरे पनि यसको कारण शेयर मूल्यमा तत्काल कुनै प्रभाव नपर्ने बताइएको छ ।


 

प्रतिक्रिया